काठमाडौँ । नेपाल-भारत आर्थिक साझेदारी शिखर सम्मेलन २०२३ सम्पन्न भएको छ । पर्साको वीरगञ्जमा वीरगञ्ज उद्योग वाणिज्य संघ एवं पिएचडी चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको संयुक्त आयोजना र वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासको सहकार्यमा सम्मेलन सम्पन्न भएको हो ।
भारतीय महावाणिज्य दुतावास वीरगञ्जका महावाणिज्यदूत देवीसहाय मिणाले भारत-नेपालबीचको व्यापार बिस्तारका लागि सहयोग गर्दै आएको र आगामी दिनमा समेत त्यसलाई निरन्तरता दिइने बताएका छन् । नेपाल-भारतबीचको जुनसुकै व्यापारिक अवरोधलाई हटाउन भारतीय महावाणिज्य दुतावास तयार रहेको उनको भनाइ थियो । यही विषयमा केन्द्रित रहेर सम्मेलनमा छलफल गरिएको उनले जानकारी दिएका छन् ।
सम्मेलनमा इण्डिया-नेपाल सेन्टरका सचिव अतुल ठाकुरले नेपाल-भारतबीचको बहुआयामिक सम्बन्धबारे चर्चा समेत भएको बताए । साथै नेपाल-भारत बीचको व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको जानकारी दिएका छन् ।
त्यस्तै, भारतको कलकत्तामा रहेका नेपालका महावाणिज्य दुत ईश्वरराज पौडेलले नेपाल-भारत बीचको व्यापारिक सम्बन्धमा देखिँदै आएको समस्या समाधानका साथै आयात निर्यातलाई सहज बनाउन अवलम्बन गर्न सकिने उपायका विषयमा छलफल भएको बताए । दुई तिहाइ भन्दा बढी व्यापार नेपालले भारतबाटै गर्ने भएकाले यी समस्याहरुको समाधानका लागि समय अनुकुल तथा समय सापेक्ष निर्णय लिनु आवश्यक रहेको उनको भनाई छ ।
यता उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक तेमानीले नेपाल-भारत बीचको व्यापारिक साझेदारीलाई सहजीकरण तथा कम लागतमा आयात निर्यात लगायतका उपाय खोज्नका लागि यो सम्मेलनको आयोजना गरिएको बताएका छन् । सम्मेलनमा सहभागी वक्ताहरुले नेपाल-भारतबीचको व्यापारिक सम्बन्ध, अवरोध र समस्या समाधानका विभिन्न आयामबारे आआफ्ना धारणा राखेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्