काठमाडौं। युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको छ। कम्पनीको साधारणसभा जेठ २७ गते हुने तय भएको छ। कम्पनीले चुक्ता पुँजीको १:१ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो।
युनाइटेड मोदी हाइड्रोपावरको लगानी रहेको युनाइटेड मेवाखोला हाइड्रोपावरबाट प्रवर्द्धित ५० मेगावाटको मेवाखोला जलविद्युत आयोजनामा लगानी गर्नका लागि हकप्रद निष्कासन गर्ने कम्पनीले जनाएको छ।
कम्पनीलाई गत माघ महिनामा विद्युत नियमन आयोगले शतप्रतिशत हकप्रद निष्कासन गर्न स्वीकृति दिएको थियो। अव साधारणसभाले सेयर जारी गर्ने प्रस्ताव पारित गरेपछि मात्र थप प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्