×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

न्युरोको मूल्य घट्यो, बुधबार यस्तो छ अन्य तरकारी तथा फलफूलको भाउ (मूल्यसूचीसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

न्युरोको मूल्य घट्यो, बुधबार यस्तो छ अन्य तरकारी तथा फलफूलको भाउ (मूल्यसूचीसहित)

९ जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारको लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज न्युरोको मूल्य घटेको छ । न्युरो प्रतिकेजी २० रुपैयाँले घटेर प्रतिकेजी १२० रुपैयाँमा किनबेच भईरहेको छ।

भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा ४० रुपैयाँ, सानो गोलभेडा (टनेल) ५०, भारतीय सानो गोलभेडा ३० रुपैयाँ र सानो गोलभेडा (तराई) ३० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ५२ रुपैयाँ, भारतीय रातो आलु ४८ रुपैयाँ र सेतो आलु ४५ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ७८ रुपैयाँ, लोकल गाजर ५५ रुपैयाँ, बन्दा लोकल ३५ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ६० रुपैयाँ, सेतो मुला हाइब्रिड ३० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी ९०, मकै बोडी ८०, मटरकोशा १८० रुपैयाँ, लोकल घ्यु सिमि ८०, हाइब्रिड घ्यु सिमि ८०, राजमा ११०, भटमासकोसा १०० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ४०, लौका ५०, लोकल परवर ८० रुपैयाँ, परवर (तराई) ७० रुपैयाँ, चिचिण्डो ५० रुपैयाँ, घिरौला ४०, झिगुनी ६०, फर्सी पाकेको ३५, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ३०, भिण्डी ३५, सखरखण्ड ७०, स्कुस ७० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ४० रुपैयाँ, पालुंगो साग १५० रुपैयाँ, चम्सुरको साग १३० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र मेथीको साग १३० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ८०, तरुल १००, कन्य च्याउ १४०, डल्ले च्याउ ३५०, कुरिलो ३००, न्युरो १२०, ब्रोकाउली ९०, चुकन्दर ६०, सजीवन ९०, रातो बन्दा ५०, जिरीको साग ८०, सेलेरी १२०, पार्सले २५०, सौफको साग १३०, पुदिना १५०, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २६०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ७०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (माछे) ६०, भेडे खुर्सानी ७०, हरियो लसुन ७०, हरियो धनिया १००, चाइनिज सुकेको लसुन २५०, नेपाली सुकेको लसुन १८०, छ्यापी सुकेको १२० रुपैयाँ र छ्यापी हरियो १५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १२०, कागती २५०, अनार ३५०, आँप (माल्दह) २००, आँप (दसहरी) २००, आँप (कलकत्ते) १८०, हरियो अंगुर १८०, तरबुजा (हरियो) २५, मौसम १५०, जुनार २५०, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो ४०, हाइब्रिड काक्रो २०, रुख कटहर ६०, चाइनिज नासपाती २२०, नेपाली मेवा ९०, भारतीय मेवा ९०, किवि ६०० र आभोकाडो ६०० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: