×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले आर्थिक विधेयकको प्रभावबारे विशेष बहस गर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले आर्थिक विधेयकको प्रभावबारे विशेष बहस गर्दै

Artha Sarokar

२० जेष्ठ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को नवनिर्वाचित कार्य समितिले आर्थिक विधेयक २०८१ को प्रभाव बारे विशेष बहस गर्ने भएको छ । जेठ २१ गते होटल हिमालयमा आयोजना हुन लागेको सो कार्यक्रममा आर्थिक विधेयकले विभिन्न क्षेत्रमा पार्ने प्रभावका बारेमा विशेष बहस हुनेछ ।

दिउँसो ३ बजेदेखि बेलुकी ७ बजेसम्म आयोजना हुन लागेको सो कार्यक्रममा सिए सुदर्शन राज पाण्डे, सिए प्रविन राज काफ्ले, सिए. निकिता अग्रवाल, सिए शेषमणि दाहाल र अधिवक्ता महेश कुमार थापा सम्मिलित प्यानल डिसकसन हुनेछ । कार्यक्रममा सहभागी हुन संघका सदस्यले ३५०० र कर्पोरेट सहभागीहरुले ४५०० शुल्क तिर्नुपर्नेछ ।

सो कार्यक्रम सिए सरोकार, अर्थ सरोकार र संघको आधिकारिक फेसबुक पेजमासमेत लाइभ प्रशारण हुनेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी