×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भूगर्भ सिमेन्टले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

भूगर्भ सिमेन्टले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

Artha Sarokar

१६ असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। भूगर्भ सिमेन्ट लिमिटेडले आइपिओ जारी गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा आइपिओ जारी गर्ने भएको हो। 

कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत सेयर जारी गर्नेछ । उद्योग प्रभावित क्षेत्र, वैदेशिक रोजगारीमा रहेका नेपाली कम्पनीका कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणलाई सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

भूगर्भ सिमेन्टले आइपिओ निष्कासनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा  भूगर्भ सिमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपकराज गिरी र नबिल इन्भेष्टमेन्ट बैंकिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन् ।

कपिलवस्तु जिल्ला शिवराज नगरपालिका-०६, मा सिमेन्ट कारखाना तथा नरपानी/खाँचीकोट, अर्घाखाँची जिल्लामा खानी सञ्चालन गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी