×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असार ७ गते बजेट पारित गर्ने तयारी !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

असार ७ गते बजेट पारित गर्ने तयारी !

२९ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले असार ७ गते बजेट पारित गर्ने तयारी गरेको छ । संसद सचिवालयले तयार गरेको क्यालेन्डरअनुसार असार ७ गते आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पारित गर्ने तयारी गरिएको हो । 

जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए । 

हाल प्रतिनिधिसभामा बजेटको मन्त्रालयगत छलफल चलिरहेको छ । जेठ २९ गते (मंगलबार)देखि सुरु भएको मन्त्रालयगत छलफल असार ७ गते (शुक्रबार)सम्म निरन्तर चल्नेछ । 

छलफलपछि सम्बन्धित मन्त्रीहरुले संसदमा उठेका प्रश्नहरुको जवाफ दिएपछि असार ७ गते बजेट पारित गर्ने तयारी गरिएको छ । संसद सचिवालयले तयार गरेको क्यालेन्डर अनुसार आज प्रतिनिधि सभाको बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको बजेटमाथि छलफल भइरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: