×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी ठगी प्रकरणमा पक्राउ परेका सीबी लामाले भने – ‘राम्रोसँग फोटो खिच्नुस्’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सहकारी ठगी प्रकरणमा पक्राउ परेका सीबी लामाले भने – ‘राम्रोसँग फोटो खिच्नुस्’

Artha Sarokar

२० जेष्ठ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका चन्द्रबहादुर लामा (सीबी) लाई प्रहरीले सार्वजनिक गरेको छ । शनिबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै दुई दिन अघि पक्राउ परेका लामालाई सार्वजनिक गरेको हो ।

कान्तिपुर सहकारीको पूर्वअध्यक्षका रुपमा करिब डेढ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा लामा पक्राउ परेका हुन् । लामाले पत्रकारहरुसँग आफुमाथि झुटो आरोप लागेको बताएका छन्। उनले प्रहरीको प्रतिवेदन र अदालतले गर्ने निर्णयले धेरै कुरा छर्लङ्ग पार्ने बताए ।

उनले भने,‘मास्क खोलिदिनुपर्छ भने म खोल्छु । तपाईँहरूले पनि त चिन्नु पर्यो । राम्रोसँग फोटो खिच्नुस् । अब चाहीँ मैले न्याय पाउँछु जस्तो लागेको छ । प्रहरीको प्रतिवेदन र अदालतले गर्ने निर्णयले धेरै कुरा छर्लङ्ग पार्छ ।’

हाल केन्द्रीय अनुसन्धान ब्युरोले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

कान्तिपुर सहकारीका ८५२ जना बचतकर्ताले १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ फिर्ताको माग दिएर लामाविरुद्ध उजुरी हालेका छन् । यो थपिने क्रममा छ । त्यस्तै पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ विरुद्ध समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको छ । पशुपति सेभिङविरुद्धमा १२ करोडको हाराहारीमा बिगो मागदाबी रहेको छ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी