काठमाडौँ । धनगढी उपमहानगरपालिका शिक्षा क्षेत्रमा उत्कृष्ट पालिकाको रुपमा सम्मानित भएको छ । प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान)ले धनगढीलाई शिक्षामा सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट पालिकाको रुपमा सम्मानित गरेको हो ।
पानद्वारा काठमाडौँमा आयोजित राष्ट्रिय सम्मेलनमा उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले सम्मानपत्र ग्रहण गरेकी छिन् । उक्त सम्मानपत्र उपसभामुख इन्दिरा रानाले हस्तान्तरण गरेकी हुन् ।
शिक्षाको गुणस्तर सुधार तथा समग्र पालिकाको शिक्षामा अतुलनीय योगदान पुर्याएको आधारमा उत्कृष्ट पालिकाका रुपमा सम्मानित भएको उपमहानगरपालिकाले जनाएको छ । सम्मानपत्र ग्रहण गर्दै उपप्रमुख रानाले सम्मानले उपमहानगरलाई काम गर्न थप उर्जा थप्ने बताइन् ।

त्यस्तै, उनले आगामी दिनमा शिक्षा क्षेत्रमा धनगढी सुदूरमात्रै नभएर समग्र देशकै उत्कृष्ट बन्ने विश्वास व्यक्त गरेकी छिन् ।
हाल धनगढी उपमहानगरपालिकाले ग्रामिण क्षेत्रका पाँचवटा विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्न काम सुरु गरिसकेको छ । यतिसम्मकि धनगढीले ‘धनगढी नगरप्रमुख शैक्षिक सुधार कोष’ नै स्थापना गरेर शिक्षामा सुधार ल्याउने प्रयास थालेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्