×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बक्यौता नतिर्ने उद्योगको फेरी लाइन काट्दै विद्युत प्राधिकरण !  

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बक्यौता नतिर्ने उद्योगको फेरी लाइन काट्दै विद्युत प्राधिकरण !  

Artha Sarokar

९ असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले तिर्नुपर्ने बक्यौता नतिर्ने/नतिरेका उद्योगहरुको लाइन फेरी काट्ने भएको छ । डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता तिर्नका लागि पुनः पत्राचार गर्दै प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको लाइन पुनः काट्ने तयारी गरेको हो ।

प्राधिकरणका अनुसार विभिन्न उद्योगहरुबाट करिब साढे ६ अर्ब रुपैयाँ उठाउन बाँकी देखिएको छ । 

डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेबापतको बक्यौता उठाउन प्रधानमन्त्रीको ठाडो निर्देशनपछि प्राधिकरण गत पुष ६ गतेदेखि बक्यौता असुलीमा आक्रामक बनेको थियो । पहिलो चरणमा प्राधिकरणले १ अर्ब रुपैयाँ भन्दा बढी बक्यौता तिर्न बाँकी उद्योगहरुको लाइन काटेको थियो । त्यसपछि लगातार प्राधिकरणले २४ उद्योगको लाइन काटेको थियो । 

अहिले प्राधिकरणले पुनः बक्यौता तिर्न उद्योगीहरुलाई पत्राचार गर्ने र नतिरे लाइन काट्ने तयारी गरेको छ । तर, उद्योगीहरुले भने प्राधिकरणले देखाएको बिल नै फर्जी भएको भन्दै प्राधिकरणले भने अनुसार बक्यौता तिर्न अस्वीकार गर्दै आएका छन् । 

यसो त प्राधिकरण र उद्योगीबीचको विवाद उत्कर्षमा पुगेपछि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा पुष २४ गते जाँचबुझ आयोग गठन गरिएको थियो । सो आयोगले बैशाख २३ गते ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतसमक्ष आफ्नो प्रतिवेदनसमेत पेश गरिसकेको छ । आयोगले बुझाएको प्रतिवेदनमा २०७२ माघदेखि २०७५ बैशाखसम्मको टिओडी मिटरका आधारमा महसुल उठाउन भनिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी