×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एलिट क्यापिटलद्वारा हकप्रद सेयर निष्काशन, असार ५ गतेसम्म आवेदन दिन सकिने

GLOBAL IME BANK

एलिट क्यापिटलद्वारा हकप्रद सेयर निष्काशन, असार ५ गतेसम्म आवेदन दिन सकिने

२८ जेष्ठ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एलिट मर्चेन्ट क्यापिटल लिमिटेडले हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले आगामी असार ५ गतेसम्म हकप्रद सेयरका लागि आवेदन दिन सेयरधनीहरूका नाममा सार्वजनिक सूचना जारी गरेको हो । 

हाल संस्थापकहरूका लागि मात्र निष्कासन गरिएको हकप्रदमा १००:२५ अर्थात २५ प्रतिशत हकप्रद निष्कासन गरिएको छ । यदि कुनै संस्थापकले हकप्रद लिन नचाहेमा मात्रै विद्यमान अन्य सेयरधनीले खरिद गर्न पाउने कम्पनीले जनाएको छ ।

यो हकप्रद निष्कासनपछि एलिट क्यापिटलको चुक्ता पुँजी २२ करोड ५० लाख पुग्नेछ । हकप्रद पछि संस्थाको जारी पुँजी २८ करोड १२ लाखको २० प्रतिशत सेयर सर्वसाधारणलाई आइपीओमार्फत बिक्री गरिने क्यापिटलले जनाएको छ । 

नेपाली व्यवशायी, गैरआवासीय नेपाल, सेयर बजारका लगानीकर्ता, बैंकर्स र उद्यमीहरूको प्रयासमा स्थापित एलिट क्यापिटलले बिभिन्न मर्चेन्ट बैंकिङ सेवाहरू दिइरहेको छ । पोर्टफोलियो मेनेजमेन्ट, कर्पोरेट एडभाइजरी, अन्डरराईटिङ तथा डिम्याट सेवा प्रदान गरिरहेको छ ।

साथै क्यापिटलले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलको रुपमा पनि काम गर्ने तयारी गरिरहेको संस्थाका कार्यकारी अध्यक्ष दिनेश आचार्यले जानकारी दिए । मर्चेन्ट बैंकिङ सम्बन्धि पूर्ण सेवा दिने क्रममा एलिट क्यापिटलले बिक्री प्रबन्धक र सेयर रजिष्ट्रारको सेवा पनि दिने तयारी गरेको छ । तर, धितोपत्र बोर्डले बिक्री प्रबन्धक र सेयर रजिष्ट्रारको इजाजतपत्र दिन रोकेको लामो समय भइसकेका कारण सेवा दिन नसकिएको क्यापिटलले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: