Skip to content
LAXMI SUNRISE BANK

सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित)

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसाका दरले कारोबार भइरहेको छ ।

त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ७७ पैसा र बिक्री दर १४४ रुपैयाँ ४२ पैसा रहेको छ। आज बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३४ पैसा र बिक्री दर १७० रुपैयाँ १० पैसा रहेको छ ।

यता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसामा कारोबार भईरहेको राष्ट्र बैंकले जनाएको छ ।

विनिमय दर सम्बन्धी दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ। अर्थ सरोकार ‘विनिमय दर’ पेजमा हेर्न सकिन्छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK