×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डलर र रियालको भाउ स्थिर हुँदा पाउण्डको भाउ बढ्यो 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

डलर र रियालको भाउ स्थिर हुँदा पाउण्डको भाउ बढ्यो 

Artha Sarokar

३२ जेष्ठ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा डलरको भाउ आज स्थिर छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९८ पैसामा झरेको छ । बुधबार डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ०१ पैसामा कारोबार भएको थियो ।  

त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ९४ पैसा र बिक्री दर १४४ रुपैयाँ ५९ पैसा रहेको छ । बिहीबार युरो एकको खरिद दर १४३ रुपैयाँ ५२ पैसा र बिक्री दर १४४ रुपैयाँ १६ पैसामा कारोबार भएको थियो । 

शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्री दर १७१ रुपैयाँ १४ पैसा पुगेको छ । बिहीबार पाउण्ड एकको खरिद दर १७० रुपैयाँ १६ पैसा र बिक्री दर १७० रुपैयाँ ९२ पैसामा कारोबार भएको थियो । 

यता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको छ । विनिमय दर सम्बन्धी दैनिक विवरण अर्थ सरोकार डटकममा अटो अपडेट हुन्छ । हरेक दिन अपडेट भएको विनिमय दर अर्थ सरोकार विनिमय दर पेजमा हेर्न सकिन्छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी