×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डलर बढ्दा पाउण्ड र युरोको भाउ घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

डलर बढ्दा पाउण्ड र युरोको भाउ घट्यो

Artha Sarokar

१३ असार २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ०२ पैसा पुगेको छ । बुधबार डलको खरिद दर १३३ रुपैयाँ २० पैसा र बिक्री दर १३३ रुपैयाँ ८० पैसा रहेको थियो ।

यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ५१ पैसा र बिक्री दर १४३ रुपैयाँ १५ पैसा रहेको छ । बुधबार युरोको खरिद दर १४२ रुपैयाँ ७२ पैसा र बिक्री दर १४३ रुपैयाँ ३७ पैसामा कारोबार भएको थियो ।

आज, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६४ पैसा रहेको छ । यस्तै पाउण्डको बिक्री दर भने १६९ रुपैयाँ ४० पैसा रहेको छ । हिजो पाउण्डको खरिद दर १६९ रुपैयाँ रहँदा बिक्री दर भने १६९ रुपैयाँ ७७ पैसा रहेको थियो ।

त्यस्तै, आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ १६ पैसा रहेको छ ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० र बिक्री दर ३६ रुपैयाँ ७६ पैसामा कारोबार भैरहेको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी