×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो रह्यो भक्तपुरको वः फेस्टिभल (फोटो-कथा)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

यस्तो रह्यो भक्तपुरको वः फेस्टिभल (फोटो-कथा)

२७ जेष्ठ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। भक्तपुरमा ‘वः फेस्टिभल’ अर्थात बारा महोत्सव सम्पन्न भएको छ । नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले मध्यपुर पर्यटन विकास समितिले महोत्सव गरेको समितिका अध्यक्ष रमेश प्रजापतिले जानकारी दिए ।

मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा गरिएको व: फेस्टिभल एवम् ग्रीन भेजिटेबल एक्सपो-२०२४ मा उपत्यकाका ख्यातीप्राप्त १८ वटा नेवारी रेष्टुराँ तथा स्थानीय किसान तथा महिला समुह लगायतका स्टल थिए ।

मध्यपुरथिमि नगरपालिका वडा नं ७ नगदेशको प्रांगणमा मेलाको उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले यस मेलाले मध्यपुरको मात्र नभई भक्तपुरकै पर्यटन प्रवर्द्धन गर्ने बताएका थिए ।

मेलामा परम्परागत तथा सांस्कृतिक उत्पादन तथा हस्तकलाका सामान बिक्री वितरणका लागि पनि प्रदर्शनी कक्ष राखिएको थियो। मेलामा वःका विभिन्न परिकार उपलब्ध थिए । नेवा समुदायमा जन्मदेखि मृत्यु र मृत्युपछि श्राद्धसम्म, विभिन्न चाडपर्व मनाउन र देवी देवतालाई चढाउन वःका परिवारको प्रयोग गरिन्छ ।

स्टलमा चटामरी, योमरी, गाजरको रक्सी, चुकन्दरको रक्सी र चिया, जुजु धौ लगायत नेवारी खानाका परिकारहरू राखिएका थिए । मयुर नाच, रोपाइँ जात्रा, सात कालीको नाच, कुमारी नाच लगायत स्थानीय सांस्कृतिक नृत्यहरू समेत मेलामा देखाइएको फेस्टिभल संयोजक बिक्रम बाडेले बताए । बाँकी तस्विरमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: