×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गौतम अडानीको वार्षिक तलब ९ करोड २६ लाख मात्र !  

GLOBAL IME BANK
SHREE KESH

गौतम अडानीको वार्षिक तलब ९ करोड २६ लाख मात्र !  

१० असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एशियाका दोस्रो धनी व्यक्ति भारतका गौतम अडानीले एक वर्षमा ९ करोड भारतीय रुपैयाँ मात्र तलब लिएको पाइएको छ । अडानी ग्रुपका अध्यक्षसमेत रहेका उनले आर्थिक वर्ष २०२३/२४ मा ९ करोड २६ लाख भारतीय रुपैयाँ मात्र तलब लिएका हुन् । 

अडानीले एक वर्षमा लिएको उक्त तलब अडानी ग्रुप अन्तर्गतका १० मध्ये दुईवटा कम्पनीबाट मात्रै पाएको भारतीय सञ्चारमाध्यहरुमा उल्लेख गरिएको छ ।

अडानीले यस आर्थिक वर्षमा अडानी ग्रुपको प्रमुख कम्पनी अडानी इन्टरप्राइजेज लिमिटेडबाट २ करोड ४६ लाख भारतीय रुपैयाँ तलब लिएका छन् । जुन गतवर्षको तुलनामा ३ प्रतिशत मात्रै बढि हो । उनले बाँकी ६ करोड ८ लाख रुपैयाँ पोर्टबाट पारिश्रमिकका रुपमा प्राप्त गरेका छन् ।

हाल अडानी विश्वको सर्वाधिक धनी व्यक्तिको सूचीमा १४औँ स्थानमा रहेका छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार अडानीले आफ्ना कम्पनीमार्फत लिँदै आएको तलब सुविधा अन्य ठूला समूहका अध्यक्षको तुलनामा कम हो । एक वर्षमा अडानीले ९ करोड २६ लाख रुपैयाँ मात्रै तलब पाउँदा भारती एयरटेलका अध्यक्ष सुनील भारती मित्तलले १६ करोड ७ लाख, राजीव बजाजले ५३ करोड ७ लाख र पवन मुंजालले ८० करोड भारतीय रुपैयाँ तलब लिएका छन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: