×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

६ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

३ असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले ६ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ नागरिक शेरब ग्याल्मो भनिने सोनाम गुरुङ रहेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक होसवन्द्र बोगटीले जानकारी दिए ।
उनले भने, ‘काठमाडौँबाट छ किलो सुनसहित सोनाम गुरुङ भन्ने चिनियाँ मूलका नागरिकलाई पक्राउ गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’
पक्राउ परेका गुरुङको घरबाट प्रहरीले रु ४८ लाख नगद पनि बरामद गरेको सिआईबीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: