×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ह्वात्तै घट्यो सुनको मूल्य, व्यापारी नै चकित !

GLOBAL IME BANK

ह्वात्तै घट्यो सुनको मूल्य, व्यापारी नै चकित !

२७ जेष्ठ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४००० रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४००० रुपैयाँले घटेर एक लाख ४१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन ४००० रुपैयाँले घटेर प्रतितोला एक लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ७५ रुपैयाँले घटेर प्रतितोला १८२५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका  अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख २० हजार ८ सय ८५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख २० हजार २ सय ८५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५६५ रुपैयाँ कायम गरेको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: