×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सोमबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Artha Sarokar

३ असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ६०० रुपैयाँले घटेर एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन ६०० रुपैयाँले घटेर प्रतितोला एक लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १८०० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख २१ हजार ९ सय १५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख २१ हजार ३ सय १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५४३ रुपैयाँ कायम गरेको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी