×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सार्वजनिक यातायातलाई अपाङ्गमैत्री बनाउन गृहको निर्देशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सार्वजनिक यातायातलाई अपाङ्गमैत्री बनाउन गृहको निर्देशन

Artha Sarokar

२० जेष्ठ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गृह मन्त्रालयले सार्वजनिक यातायातलाई अपाङ्गमैत्री बनाउन निर्देशन दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै गृह मन्त्रालयले एक महिनाभित्र सार्वजनिक यातायातलाई अपाङ्गमैत्री बनाउन निर्देशन दिएको हो ।

जेठ १७ गते (बिहीबार) सचिवस्तरीय निर्णय गर्दै गृहले एक महिनाभित्र सार्वजनिक यातायातमा र्याम्प (सिँढी) राखेर अपाङ्ग तथा अशक्तमैत्री बनाउन निर्देशन दिएको हो ।

हाल सार्वजनिक यातायात अपाङ्गमैत्री नभएको र यात्रामा असहज हुने गरेकोले अपाङ्गता भएका व्यक्तिहरुलाई यात्रामा सहज होस् भनी यस्तो निर्देशन दिइएको गृहका सचिव एकनारायण अर्यालले बताएका छन् । ‘परिवार तथा राज्यबाट नै विशेष हेरचाह आवश्यक पर्ने अपाङ्ग र अशक्त भएका व्यक्तिहरुलाई सार्वजनिक यातायातमा सहज होस् भनेर यो निर्णय गरिएको हो ।’, उनले भने ।

अर्यालका अनुसार यसका लागि सम्बन्धित यातायात व्यवसायी सम्बद्ध संघसंस्थाहरुलाई निर्देशनसमेत दिइसकिएको छ । समाज तथा राज्यले समेत विशेष प्राथमिकतामा राख्नुपर्ने भन्दै हरेक क्षेत्रबाट यसैगरी उनीहरुलाई सहज हुने वातावरण सिर्जना गर्दै जानुपर्ने गृह सचिव अर्यालको भनाइ छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी