Skip to content
LAXMI SUNRISE BANK

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा कर्मचारी माग, यस्तो छ आवश्यक योग्यता

अर्थ सरोकार

काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सले कर्मचारी माग गरेको छ। कम्पनीले एक सुचना जारी गर्दै स्वास्थ्य सहायक र आईटी अफिसर पदका लागि कर्मचारी माग गरेको हो।

कम्पनीले स्वास्थ्य सहायक पदमा आवेदन दिनको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट जेनरल मेडिसिन तथा फार्मेसीमा डिप्लोमा गरेको हुनुपर्ने जनाएको छ ।

त्यस्तै, आईटी अफिसर पदका लागि भने मान्यता प्राप्त विश्वविद्यालयबाट सूचना प्रविधि तथा कम्प्युटर साइन्स वा सो बराबरको स्नातक गरेकोलाई प्राथमिकता दिने जनाएको छ ।

उक्त पदमा जागिर खान इच्छुक तथा योग्यता पुगेका नागरिकले असार ७ गते भित्र आवेदन दिन सक्नेछन् । आवेदन कम्पनीको वेबसाइट मार्फत दिन सक्नेछन्।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK