काठमाडौं। हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय शंकरापुर, काठमाडौँले बीमा दावी रकम भुक्तानी गरेको छ । सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. २ ज्योतिष टोलमा रहेको केन्द्र नं. ०९७ की सदस्य सृजना चौलागाईँ खतिवडाको मृत्यु पश्चात निजको श्रीमानलाई बिमाको क्षतिपुर्ति रकम उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
सदस्य सृजनाको दुर्घटनाबाट मृत्यु भएकोले ऋण रकमको दोब्बर रकम संस्थाले उपलब्ध गराएको हो ।
सदस्य सृजना चौलागाईँ खतिवडाले संस्थाबाट चार लाख ५० हजार रुपैयाँ कर्जा लिएकोमा निजको मृत्यु पश्चात कर्जाको तिर्न बाँकी सम्पूर्ण साँवा र ब्याज रकम रु ४ लाख ६१ हजार ५ सय ६३ रुपैयाँ मिनाहा गरि कर्जा बिमा अन्तर्गत सदस्यको मृत्यु पश्चात दिइने काजकिरिया खर्च २५ हजार रुपैयाँ समेत फिर्ता गरी जम्मा रकम ४ लाख ६३ हजार ४ सय ३७ रुपैयाँ निजको श्रीमान राजन खतिवडालाई एकमुष्ट भुक्तानी गरिएको संस्थाका शाखा प्रमुख झुमा पौडेलले बताए ।
उक्त रकम प्रदान कार्यक्रममा मेलम्ची नगरपालिका वडा नं. २ का वडाध्यक्ष नगेन्द्र प्रसाद खतिवडा, शाखाको तर्फबाट शाखा प्रमुख झुमा पौडेल, शाखाका कर्मचारी श्रीकृष्ण घिमिरेको उपस्थिति रहेको थियो भने केन्द्र न. ०९७ का सदस्यहरूको उपस्थिति पनि रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्