काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्सको ७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको वार्षिक साधारण सभा जेठ २८ गते कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा काठमाडौंको नक्साल स्थित आम्रपाली ब्यांकेटमा सम्पन्न भएको हो ।
सो सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७९-०८० को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तिय विवरणहरू पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९-०८० को एनएफआरएस बमोजिमको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र तत्सम्बन्धमा अनुसूची सहितको वित्तीय विवरण उपर छलफल गरी सर्वसम्मतिबाट पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०८०-०८१ को लागि लेखापरीक्षण समितिबाट सिफारिस भई आए बमोजिम एसएआर एसोसिएटलाई वाह्य लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक समेत पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७९-८० का लागि प्रस्तावित चुक्तापुँजी ४ अर्बको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनश सेयर र कर प्रयोजनको लागि समेत १.३१५८ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५ सय ७९ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६.३१५८ प्रतिशत लाभांश पारित गरेको छ ।
त्यस्तै, सभामा सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको पदमा रबिन कुमार नेपाल निर्विरोध निर्वाचित भएका छन् । सभाले सञ्चालक समितिको बैठकमा उपस्थित भए वापत सञ्चालकले पाउने सञ्चालकले पाउने बैठक भत्ता तथा सेवा सुविधा पुनरावलोकनको प्रस्ताव समेत पारित गरेको छ । यसैगरी बोनस सेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी रु ५ अर्ब कायम हुने भई हाल कायम कम्पनीको पूँजी संरचना परिवर्तन हुने भएकोले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा सोही बमोजिम संशोधन गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।
साथै, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको मिति २०८० पुस ४ गते बसेको सञ्चालक समितिको १८०औं बैठकले सञ्चालक समितिमा रिक्त रहेको संस्थापक सेयरधनी समूहमा बाँकी कार्यकालका लागि संस्थापक सेयर धनीहरूबाट सञ्चालकहरुको नियुक्ति गरेकोमा सो नियुक्ति अनुमोदन गरेको छ । सभाले कम्पनी ऐन, २०६३ को दफा १०५ (१) (ग) बमोजिम कम्पनीको आर्थिक वर्ष २०७९-८० मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरू अनुमोदन गरेको छ । उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले कम्पनीको प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, सुशासन, मानव संसाधनको विकास एवं ग्राहक सेवा प्रति निरन्तर प्रतिबद्ध रहने बताएका छन् ।
सो सभाको अन्त्यमा सभाका अध्यक्षले कम्पनीको उन्नति र प्रगतिमा निरन्तर अमूल्य सुझाब र सहयोग गर्ने शेयरधनी महानुभावहरू, नियामक निकायहरू, समस्त बिमितहरू, बैंक तथा वित्तीय संस्थाहरू, पुनर्बीमा कम्पनीहरू, कर्मचारीहरू, अभिकर्ताहरू तथा सम्पूर्ण शुभेच्छुहरू प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै सभा विर्सजन गरेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्