×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय विदेशमन्त्री जयशंकरले गरे पदभार ग्रहण, परराष्ट्रमन्त्री श्रेष्ठले दिए बधाई

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भारतीय विदेशमन्त्री जयशंकरले गरे पदभार ग्रहण, परराष्ट्रमन्त्री श्रेष्ठले दिए बधाई

Artha Sarokar

३१ जेष्ठ २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भारतीय विदेशमन्त्रीका रुपमा एस. जयशंकरले पुनः पदभार ग्रहण गरेका छन् । जयशंकरले भातरको विदेशमन्त्रीमा दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेका हुन् ।

जयशंकरको पदभारग्रहणपछि नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दोस्रो कार्यकालका लागि जयशंकरलाई बधाई दिएका छन् ।

श्रेष्ठले टेलिफोन वार्ता गर्दै जयशंकरलाई दोस्रो कार्यकालको शुभकामना दिएको सामाजिक सञ्जाल एक्समार्फत जनाएका छन् । श्रेष्ठले नेपाल-भारतबीचको न्यानो र घनिष्ठ सम्बन्धलाई अझ बलियो बनाउन सहकार्य गर्न तत्पर रहेको बताएका छन् ।

यता भारतीय विदेशमन्त्री जयशंकरले पनि परराष्ट्रमन्त्री श्रेष्ठले फोन गरेरै बधाई दिएकोमा खुसी लागेको बताएका छन् । सामाजिक सञ्जाल एक्समा पोष्ट गर्दै जयशंकरले परराष्ट्रमन्त्री श्रेष्ठको न्यानो सद्भाव एवम् शुभकामनाका लागि धन्यवाद व्यक्त गर्दै गहिरो मित्रतालाई अघि बढाउन सहकार्य गर्न तत्पर रहेको उल्लेख गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी