काठमाडौँ । भारतीय विदेशमन्त्रीका रुपमा एस. जयशंकरले पुनः पदभार ग्रहण गरेका छन् । जयशंकरले भातरको विदेशमन्त्रीमा दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेका हुन् ।
जयशंकरको पदभारग्रहणपछि नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दोस्रो कार्यकालका लागि जयशंकरलाई बधाई दिएका छन् ।
श्रेष्ठले टेलिफोन वार्ता गर्दै जयशंकरलाई दोस्रो कार्यकालको शुभकामना दिएको सामाजिक सञ्जाल एक्समार्फत जनाएका छन् । श्रेष्ठले नेपाल-भारतबीचको न्यानो र घनिष्ठ सम्बन्धलाई अझ बलियो बनाउन सहकार्य गर्न तत्पर रहेको बताएका छन् ।
यता भारतीय विदेशमन्त्री जयशंकरले पनि परराष्ट्रमन्त्री श्रेष्ठले फोन गरेरै बधाई दिएकोमा खुसी लागेको बताएका छन् । सामाजिक सञ्जाल एक्समा पोष्ट गर्दै जयशंकरले परराष्ट्रमन्त्री श्रेष्ठको न्यानो सद्भाव एवम् शुभकामनाका लागि धन्यवाद व्यक्त गर्दै गहिरो मित्रतालाई अघि बढाउन सहकार्य गर्न तत्पर रहेको उल्लेख गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्