Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४’ बाट सम्मानित

अर्थ सरोकार

काठमाडौँ । कुमारी बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्डबाट सम्मानित भएको छ । इन्फोसिले आयोजना गरेको अर्वाड वितरण समारोहमा १० विधाका २ सय मनोनयनहरू मध्ये कुमारी बैंकले ‘कोर बैंकिङ ट्रान्सफरमेसन’ विधा तर्फ उत्कृष्ट रहेकोले उक्त उपलब्धिको लागि ‘प्रोसेस इनोभेसन’ श्रेणीमा स्वर्ण विजेता घोषित भएको हो ।

इन्फोसिसको फिनाकल ‘कोर बैंकिङ सफ्टवेयर’ले बैंकिङ क्षेत्रमा सरलता, उत्कृष्टता र विश्वसनीयता कायम गर्न सफल रहेको छ ।  कुमारी बैंकले प्राप्त गरेको यो उपाधिले  भविष्यमा नवीन प्रविधिमार्फत बैंकिङ क्षेत्रलाई अझै सहज र सुरक्षित बनाई सूचना प्रविधिमा नयाँ आयाम थप गर्न प्रतिबद्ध रहको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ इकाइहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ  ।

साथै, बैंकले आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK