Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ सरोकार

काठमाडौं। कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले जेठ २८ गते सोमबारदेखि संस्थापक सेयरधनीहरूका नाममा रहेको ३ लाख ५४ हजार ५ सय ५५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो। 

उक्त सेयरमा बैंकका अन्य संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई आगामी ३५ दिनभित्र दिनुपर्ने बैंकले जनाएको छ। 

सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । यदि सो अवधिमा संस्थापक सेयरधनीबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ। 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK