काठमाडौँ । लक्ष्मी सनराइज बैंकले ६ हजार रूखहरू रोपेर विश्व वातावरण दिवस मनाएको छ । बैंकले ‘प्रोजेक्ट-५ के’ परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ का अवसरमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको हो ।
बैंकले यस वर्षको विश्व वातावरण दिवसको ‘आवर ल्यान्ड, आवर फ्युचर वि आर जेनेरेसनरेस्ट्रोरेसन’ भन्ने नारालाई आत्मसाथ गर्दै देशभर ५ हजार रुख रोप्ने लक्ष्य राखेको थियो । जुन १ देखी ८ सम्मको सप्ताहभर बैंकले आफ्ना विभिन्न शाखाहरू मार्फत स्थानीय समुदाय तथा संस्थाहरूसँगको सहकार्यमा करिब ६ हजार रूखहरू रोपेको छ ।
यो देशव्यापी वृक्षरोपण विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानहरूमा गरिएको थियो । ‘प्रोजेक्ट फाइब के’सँगै लक्ष्मी सन्राइज बैंकले सोही दिवसमा आफ्नो एभोडेड इमिसन रिपोर्ट पनि सार्वजनिक गरेको थियो । यस प्रतिवेदनले नवीकरणीय ऊर्जा (विशेष गरी जलविद्युतमा गरिएको लगानीबाट पर्न जाने वातावरणीय प्रभावको विस्तृत परिमाणीकरण गर्दछ । यस क्षेत्रमा गरिएको लगानी मार्फत बैंकले कुल २५,१३४.१८ टिसिओटुइ कार्बन उत्सर्जन हुनबाट जोगाएको छ ।
यो प्रतिवेदन बैंकको कार्बन एकाउन्टिङ फाइनान्सियल रिपोर्टकै निरन्तरता पनि हो । लक्ष्मी सन्राइज बैंक २०२१ देखी कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिपमा संलग्न रहेको छ। वातावरण संरक्षणमा बैंकले गर्दै आएका विभिन्न पहलहरु मध्य एक रहेको प्रोजेक्ट फाइब केले बैंकको दिगो वातावरण निर्माण गर्ने लक्ष्यमा टेवा पुर्याउने कुरामा बैंक विश्वस्त छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्