काठमाडौँ । महालक्ष्मी विकास बैंकको कर्पोरेट क्रिकेट लिग कार्यक्रम सम्पन्न भएको छ । बैंकको ३० औँ वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४ संस्करण ३ का बिजेताहरूलाई पुरस्कार वितरणगरी कार्यक्रम सम्पन्न भएको हो ।
जेठ २२ गते मंगलबार देखि २४ गते बिहीबार (तिन दिन) सम्म इमाडोल स्थित बलपार्क स्पोर्टस् इभेन्ट्स एण्ड एकेडेमीमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ । त्यस्तै, आइसिएफसि फाइनान्स लिमिटेडले द्वितीय स्थान हासिल गरेको छ । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टिमले सहभागिता जनाएका थिए ।
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रको प्रमुख आतिथ्यमामा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंक, द्वितीय आइसिएफसि फाइनान्स, उत्कृष्ट फिल्डर प्राइम कमर्सियल बैंकका विवेक डाली, उत्कृष्ट विकेटकिपर माछापुच्छ्रे बैंकका निशेस केसी, उत्कृष्ट बलर एभरेष्ट बैंकका रोशन महत, उत्कृष्ट ब्याट्सम्यान एनएमबी बैंकका अनिल बर्तौला, उत्कृष्ट खेलाडी आइसिएफसि फाइनान्सका सुरज तिमिल्सिनालाई ट्रफी प्रदान गरिएको छ ।
उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रले यस क्रिकेट लिग लगायत अन्य सामूहिक खेलले बैंक तथा वित्तीय संस्थाहरू बिच भाइचारा, आत्मियता, सद्भाव, मित्रता बढाउन थप सहयोग पुग्नुका साथै कर्मचारीहरूलाई बैंकिङ गतिविधिमा मात्रै सीमित नराखी उनीहरुलाई मनोरञ्जन प्रदान गर्न र उत्पादनशीलतामा वृद्धि गर्न मद्दत पुग्ने जनाएका छन् । नेपाली क्रिकेटको विकासको लागि सम्पूर्ण संस्थाले आफ्नो क्षेत्रबाट योगदान पुर्याउन समेत आग्रह गरेका छन् ।
सो कार्यक्रममा बोल्दै महालक्ष्मी विकास बैंक लिमिटेड तथा उक्त कार्यक्रमका अध्यक्ष राजेश उपाध्यायले खेलमा हार र जित स्वभाविक प्रक्रिया रहेको र यस्ता खेलहरूले कर्मचारीहरूमा समुह निर्माण गर्न, समुहमा नेतृत्वदायी भूमिका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मद्दत पुर्याउने हुँदा समयसमयमा यस्ता गतिविधि सञ्चालन गर्न जरुरी रहेको बताएका छन् ।
महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४ संस्करण ३ का सम्पूर्ण प्रायोजकहरू, सहभागी बैंक तथा वित्तीय संस्थाहरू, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कार्यक्रम सम्पन्न गर्न सहयोग गरेका व्यक्ति संस्थाहरुलाई संस्थाले बैंकले आभार व्यक्त गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्