काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका १ सय ७५ वटा सटरमा ताला लगाएको छ । महानगरको शिक्षा विभागले सातवटा सामुदायिक विद्यालयले व्यवसायिक प्रयोजनका लागि बहालमा लगाएका १ सय ७५ वटा सटरमा ताला लगाएको हो ।
जसमध्ये ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा महानगरका कर्मचारीले नै ताला लगाएको महानगरले जनाएको छ । बाँकी सटर भने सञ्चालकले नै बन्द गरेका हुन् ।
महानगरले ताला लगाएका विद्यालयमा जेपी स्कुल ठमेलका मात्रै ४६ वटा सटर रहेका छन् । जहाँ रेस्टुरेन्टलगायतका व्यापारिक क्रियाकलाप सञ्चालन हुँदै आएको महानगरले उल्लेख गरेको छ ।
यस्तै, कन्या मन्दिर माविका ३६, रत्नराज्य मावि बानेश्वरका ११ वटा, जनकल्याण माविका १४, पशुपति मित्र माविका ३६, मंगलादेवी माविका १२ र महेन्द्र मावि बौद्धका २० सटरमा ताला लगाइएको हो ।
विभागसँग महानगर प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले विद्यालयमा पुगेर आइतबार र सोमबार सटर तथा टहराहरूमा ताला लगाएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्