×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

११ महिनामा नेपाल भित्रिए २६ अर्ब बढीका १७ लाख फोन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

११ महिनामा नेपाल भित्रिए २६ अर्ब बढीका १७ लाख फोन

Artha Sarokar

९ असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो ११ महिनामा नेपालमा २६ अर्ब बढीका स्मार्ट फोन नेपाल भित्रिएका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को पछिल्लो ११ महिनामा २६ अर्ब ३३ करोडको कुल १७ लाख १० हजार थान स्मार्ट फोन नेपाल भित्रिएका हुन् ।

चालु आर्थिक वर्षको ११ महिनामा भित्रिएको फोन गत आर्थिक वर्षको भन्दा २ लाख ८२ हजार थान बढी हो । 

भन्सार विभागका अनुसार गतवर्ष सोही अवधिमा १४ लाख २७ हजार स्मार्ट फोन नेपाल भित्रिएका थिए । नेपाल भित्रिएका स्मार्ट फोनहरु औसतमा १५ हजार रुपैयाँभन्दा बढी मूल्यका रहेको भन्सार विभागले जनाएको छ ।

पछिल्ला दिन स्मार्ट फोनहरुको बढ्दो आकर्षण र मागका आधारमा स्मार्ट फोनको आयात बढाउनु परेको मोबाइल व्यवसायीहरुले बताएका छन् ।

यता सरकारले स्मार्ट फोनको अवैध आयातमा कडाइ गरेसँगै वैधानिक मार्गबाट आउने स्मार्ट फोनको संख्या बढेको भन्सार विभागका अधिकारीहरुको भनाई छ । अवैध मोबाइलमा हुने जोखिमका कारण व्यवसायीहरुले पछिल्लो समय वैधानिक रुपमा मोबाइल फोनका आयात गर्ने हुँदा विगतको भन्दा आयातित स्मार्ट फोनको संख्या र भन्सार मूल्य दुवै बढेको विभागले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी