Skip to content
LAXMI SUNRISE BANK

आइएफआइसी बैंकले नबिल बैंकमा कायम संस्थापक सेयर बिक्री नगर्ने

अर्थ सरोकार

काठमाडौं। बंगलादेशको ‘इन्टरनेसनल फाइनान्स इन्भेष्टमेन्ट एण्ड कमर्स बैंक लिमिटेड (आइएफआइसी) ले नबिल बैंकमा रहेको संस्थापक सेयर बिक्री नगर्ने भएको छ। बैंकको नाममा रहेको कुल एक करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक सेयर नबेच्ने निर्णय गरेको हो।

नबिल बैंकको जेठ १५ गते बसेको संचालक समितिको बैठकले आइएफआइसीले सेयर खरिद बिक्री प्रक्रिया स्थगित गरी बैंकमा कायम रहेको संस्थापक सेयरलाई निरन्तरता दिने निर्णय गरेको जनाएको थियो। साथै, खरिदको प्रस्ताव पेश गर्ने संस्थापक सेयरधनीले पनि निवेदन फिर्ता लिएर सेयर खरिद बिक्रीको प्रक्रियाबाट बाहिरिएको बैंकले जनाएको छ।

आइएफआइसीले गत मङ्सिर १५ गते नबिल बैंकमा रहेको संस्थापक सेयर बिक्री प्रक्रिया अगाडी बढाएको थियो।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK