Skip to content
LAXMI SUNRISE BANK

युनाइटेड मोदी हाइड्रोपावरको अध्यक्षमा नवीन सिलवाल नियुक्त

अर्थ सरोकार

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा नवीन सिलवाल चयन भएका छन् । सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सिलवाललाई अध्यक्षमा चयन गरेको हो ।

कम्पनीको गत २७ गते सम्पन्न १० औँ वार्षिक साधारणसभाबाट सिलवाल सञ्चालक समितिमा निर्वाचित भएका थिए । सिलवालसँग जलविद्युत क्षेत्रमा ८ वर्षको कार्य अनुभव रहेको छ । सिलवालले वित्त विषयमा स्नातकोत्तर गरेका छन् ।

युवा उर्जा उद्यमी सिलवालले ८ मेगावाट क्षमताको टक्सार पिखुवा खोला हाइड्रोपावर आयोजनाको सुरुवाती चरणदेखि निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जडानसम्मको अनुभव रहेको छ ।

त्यस्तै, सोही बैठकले कम्पनीको प्रबन्ध निर्देशकमा रोमन दंगाल नियुक्त गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK