काठमाडौँ । माओवादी केन्द्रकी सांसद नारायणी शर्माले कृषि विकास बैंक कृषि बैंकजस्तो नभएको बताएकी छिन् । प्रतिनिधि सभाको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद शर्माले यस्तो बताएकी हुन् ।
‘साच्चिकै कृषि विकास बैंक कृषि बैंकजस्तो देखिँदैन ।’, उनले भनिन्, ‘त्यसैले उर्जा बैंक, पर्यटन बैंक, कृषि बैंकजस्ता क्षेत्रगत बैंकको अवधारणा ल्याउनुपर्छ ।’
त्यस्तै, सांसद शर्माले विधेयकमा बैङ्कर व्यवसायीलाई छुट्याउनुपर्ने बताएकी छिन् । उनले अहिले व्यवसायी नै बैङ्कर हुँदा न्यून वर्गका नागरिकले बैंकबाट पाउनुपर्नेजति सेवा र कर्जा नपाउने अवस्था सृजना हुने बताएकी छिन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को संशोधनमा यो विषयलाई पनि समावेश गर्न सांसद शर्माले आग्रह गरेकी छिन् ।
त्यस्तै, महिला सेयरधनी भएको बैंक तथा वित्तीय संस्थाको सञ्चालक नियुक्ति गर्दा कम्तीमा एकजना महिला सञ्चालक नियुक्त गर्नुपर्ने व्यवस्था भने राम्रो भएको सांसद शर्माले बताएकी छिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्