काठमाडौं। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनएचसीएल) ले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) लाई प्राप्ति गरी जेठ २१ गते सोमबारबाट एकीकृत कारोबार सुरु गरेको छ।
जेठ २१ गते एक औपचारिक कार्यक्रम आयोजना गरी एनएचसीएलले एकीकृत कारोबार सुरुवातको घोषणा गरेको थियो । कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल राष्ट्र बैंकका उच्च पदस्तहरु, सरकारी निकायका पदस्थहरू, बैंक वित्तीय संस्थाहरू, भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाहरू लगायतका प्रतिनिधिहरु तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
गत वैशाख १३ गते दुबै संस्थाहरूले आआफ्नो विशेष साधारण सभाबाट स्वीकृति प्राप्त गरी आवश्यक सम्पूर्ण कानुनी र प्रकृयागत कार्य सम्पन्न गरी नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत आवश्यक अन्तिम स्वीकृति पश्चात उक्त प्राप्ति सम्बन्धिको कार्य सफलतापूर्वक सम्पन्न गरिएको हो ।
भुक्तानी तथा फछर्यौट विनियममा रहेको प्रावधान अनुसार डिडिए अडिटरले मूल्यांकन लगायत विभिन्न पक्षको समीक्षा सहितको प्रकृया पूरा गरी १ः०.२८ स्वाप अनुपातमा एनसीएचएलले नेप्सलाई प्राप्ति गरेको हो । दुवै संस्थाहरू बैंक वित्तीय संस्थाहरुबाट प्रवर्द्धित भएकाले प्राप्ति पश्चात पनि कम्पनीको सञ्चालक समितिमा कुनै फेर बदल भएको छैन ।
दुबै संस्थाले नेपालमा डिजिटल भुक्तानीको विकास तथा विस्तार गर्ने उद्देश्य सहित आआफ्नो क्षेत्रमा कार्य गर्दै आएका थिए । नेप्सले विगत ११ वर्ष देखि कार्डमा आधारित सेवा प्रदान गर्दै आएको छ भने एनसीएचएलले विगत १५ वर्ष देखि कार्ड बाहेकका विभिन्न राष्ट्रिय स्तरका विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्लाटफर्म सञ्चालन गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्