×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबी बैंक ‘ग्रीन बैंक अफ द एयर २०२४’ अवार्डबाट सम्मानित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनएमबी बैंक ‘ग्रीन बैंक अफ द एयर २०२४’ अवार्डबाट सम्मानित

Artha Sarokar

२५ जेष्ठ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनएमबी बैंक ‘ग्रीन बैंक अफ द एयर २०२४’ अवार्डबाट सम्मानित भएको छ । बैंकले यो पुरस्कार विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलन, डब्लुएसिसिमा पाएको हो ।

यो सम्मान एनएमबी बैंकको वातावरणीय दिगोपन प्रतिको प्रतिबद्धता र पर्यावरणमैत्री बैंकिङ अभ्यासहरू कार्यान्वयन गर्ने प्रयासको प्रशंसा हो । एनएमबी बैंक वातावरणीय विचारहरूलाई रणनीतिक रुपमा एकीकृत गर्दै, दिगो वित्त प्रवर्द्धन गर्न र परिचालन प्रभाव कम गर्दै बैंकिङ क्षेत्रमै उदाहरण बन्न सफल भएको छ ।

एनएमबी बैंक विगत २७ वर्ष देखी अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्याङ्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि  ‘बैंक अफ दि एयर एसिया २०२१’ को उपाधिबाट सम्मानित भएको बैंक हो ।

एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ मा समेत उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि  ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ । एनएमबी बैंकले हाल देश भर २०१ शाखाहरू, १८७ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी