×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँबाट सिक्री लुट्ने र लुटेको सिक्री किन्ने ३ जना पक्राउ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

काठमाडौँबाट सिक्री लुट्ने र लुटेको सिक्री किन्ने ३ जना पक्राउ 

२३ जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँबाट सिक्री लुटपाटमा संलग्न तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सिक्री लुट्ने र किन्ने तीनजनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा गोरखा घर भएर हाल कपुरधारा बस्ने ३८ वर्षीया उषा विष्ट, सर्लाही घर भएर हाल काठमाडौँ बस्ने रामहरि खड्का र हरि शंकर चौधरी रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेकी विष्टले बैशाख ३० गते सुन्धाराबाट ट्याक्सीमा सवार कविराज नेपालीले घाँटीमा लगाएको सुनको सिक्री लुटेर भागेकी थिइन् । सिक्री लुटिए लगत्तै नेपालीले दिएको जाहेरीका आधारमा प्रहरी परिसर काठमाडौँको टोलीले विष्टलाई माछापोखरीबाट पक्राउ गरेको हो ।

त्यस्तै, विष्टले लुटेको उक्त सिक्री रामहरि खड्काले हरि शंकर चौधरीलाई बेचेका थिए । यसरी सुन लुटपाटदेखि खरिदबिक्रीसम्मको कनेक्सन देखिएपछि तीनैजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हाल उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी