काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको स्टार्टअप इनोभेसन एवं ट्रेनिङ समितिको सभापतिमा लर्डबुद्ध एजुकेसन फाउण्डेसनका अध्यक्ष पंकज जलान चयन भएका छन्।
चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले फाउण्डेसनका अध्यक्ष जलानलाई उद्यमशीलता एवं नव प्रवर्द्धन हेर्ने गरी स्टार्टअप इनोभेसन एवं ट्रेनिङ समितिको सभापति चयन गरेका हुन् ।
जलान चेम्बर अफ कमर्सको कार्यकारी सदस्य समेत हुन् ।
लर्डबुद्ध एजुकेसन फाउण्डेसनले सूचना प्रविधिको विकास मार्फत युवा उद्यमशीलता प्रवर्द्धन गर्दै आएको छ । सूचना प्रविधिको क्षेत्रमा पहिलो शैक्षिक संस्था लर्डबुद्ध एजुकेसन फाउण्डेसनले पढ्दै कमाउँदै नीतिलाई अङ्गीकार समेत गर्दै आएको छ ।
यस्तै स्नातक र स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नसिप समेत प्रदान गर्दै आएको फाउण्डेसनले विभिन्न क्षेत्रमा पनि रोजगारी समेत उपलब्ध गराउँदै आएको जनाईएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्