काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारले ल्याएको नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा रहेको बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले बजेट समग्रमा सन्तोषजनक रहेको बताएका हुन् ।
उनले उक्त बजेट प्रतिनिधिसभाबाट पारित हुनेमा विश्वास व्यक्त गरेका छन् । ‘मलाई लाग्छ यो प्रतिनिधिसभाबाट पारित हुन्छ ।’, उनले भने, ‘यो सन्तोषजनक छ । राष्ट्र र जनताको अपेक्षा अनुसार अझै गति दिनुपर्छ भन्ने आवश्यकता म ठान्छु ।’
त्यस्तै, प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षकको परिवर्तनका सन्दर्भमा कुनै परिवर्तन नहुने प्रतिक्रियासमेत दिएका छन् । ‘मैले अस्तिको दिन मात्रै तीनैजना आइजिपिहरुलाई बोलाएर केही परिवर्तन हुँदैन तपाईहरु ढुक्कसँग काम गर्नुुस् भनिसकेको छु ।’, उनले थपे, ‘त्यही गतिमा उहाँहरुले काम गर्नुभएको छ । यो हल्ला मात्रै हो ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्