काठमाडौँ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री प्रचण्ड र मोदीबीच टेलिफोन वार्ता भएको हो ।
वार्तामा प्रधानमन्त्री प्रचण्डले भारतका कार्यवाहक प्रधानमन्त्री मोदीलाई सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डसँग टेलिफोन वार्ता भएपछि मोदीले प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्न पाउँदा खुसी लागेको बताएका छन् । सामाजिक सञ्जाल एक्समार्फत मोदीले उक्त प्रतिक्रिया दिएका हुन् ।
‘प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्न पाउँदा अत्यन्तै खुशी लाग्यो । उहाँको न्यानो शुभकामनाको लागि उहाँलाई धन्यवाद व्यक्त गरेँ । भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतामाथि जोड दिँदै हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भयौँ ।’, प्रधानमन्त्री मोदीको भनाई उदृत गर्दै भारतीय राजदूतावासले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्