काठमाडौँ । गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू र दलका मन्त्रीहरुले तीन महिना सरकारमा बसेर कुनै पनि नराम्रो काम नगरेको बताएका छन् । उनले सरकारमा आफ्नो दल काम गर्नकै लागि गएको उल्लेख गर्दै काम गर्न सक्ने वातावरण नबने सरकारमा बसिरहनुपर्ने आवश्यकता नरहेको बताएका छन् ।
नेपाल समाजवादी पार्टी (नेसपा)को स्थापना दिवस कार्यक्रममा सभापति लामिछानेले सरकारमा बसेर काम गर्न नसके सरकारबाट बाहिरिने बताएका छन् ।
‘यो तीन महिना सरकारमा बसेर हामीले के राम्रो गर्यौँ, मलाई थाहा छैन । तर केही पनि नराम्रो गर्नु भनेको सबैभन्दा राम्रो गर्नु हो ।’, उनले भने, ‘तीन महिना सरकारमा बसेर मेरो दलका मन्त्रीहरुले एउटा पनि नराम्रो काम गरेका छैनन् । कति राम्रो काम गरिन्छ, त्यो हेर्दै जाने कुरा हुन् । सरकारमा बसेर काम गर्न नसके बाहिरिन्छौँ ।’
गृहमन्त्री लामिछानेले व्यवस्थाभित्र तागत भएको तर इमान्दारिपूर्वक काम गर्ने दलको प्रतिबद्धतालाई भुल्न नहुने धारणा राखेका छन् । उनले काम गर्न सक्दासम्म सरकारमा बस्ने र नसक्दा निस्कने प्रष्ट पारे । ‘सकेको काम गर्नकै लागि हामी सरकारमा सहभागी छौँ ।’, उनले भने, ‘नसक्दा वा अनावश्यक कसैको भारी बोक्न पर्यो भने त्यहाँ बसिरहनुपर्ने केही आवश्यकता छैन ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्