काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको एक साता लामो भ्रमण सकेर स्वदेश फर्किएका छन् । बुधबार बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै राष्ट्रपति पौडेल सहितको भ्रमण टोली काठमाडौँ आइपुगेको हो ।
राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रवि लामिछाने, मुख्य सचिव बैकुण्ठ अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल, परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठ, पर्यटन मन्त्री हित बहादुर तामाङ लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस) को उद्घाटन मञ्चमा प्रमुख वक्ताका रुपमा राष्ट्रपति पौडेलले सम्बोधन गरेका थिए । त्यस्तै, उनले विभिन्न उच्च स्तरीय भेटवार्ता पनि गरेका थिए ।
राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते काठमाडौंबाट त्यसतर्फ गएका थिए । राष्ट्रपति निर्वाचित भएपछि पौडेलको यो पहिलो औपचारिक विदेश भ्रमण भए पनि संघीय संसदलाई भ्रमणबारे पौडेलले जानकारी नगराएकोमा भने सांसदहरुले नै विरोध गरिरहेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्