काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुक वैदेशिक ऋणको भरमा चलिरहेको स्वीकार गरेकी छिन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् ।
उनले राष्ट्र र जनताको हितमा हुनेगरि मात्रै वैदेशिक सहायता भित्र्याउन सामाजिक संघ, संस्थालाई पनि सचेत गराएकी छिन् ।
‘सरकार वैदेशिक ऋणमा चलिराखेको छ । समाज कल्याण परिषदले विभिन्न आइएनजिओबाट पैसा लिइरहेको छ । हामीले हाम्रो राष्ट्र र जनताको हित विपरित हुने गरेर ऋण लिनुहुँदैन ।’, मन्त्री शर्माले भनिन्, ‘हाम्रो देश र जनताको पक्षमा भएको यदि कुनै पनि समाजवादी राष्ट्र, सामाजिक संघ, संस्थाहरुले फण्डिङ गर्छन भने त्यसलाई अछुतको व्यवहार पनि गर्नुहुँदैन ।’
त्यस्तै, मन्त्री शर्माले सरकारले मुलुकको समृद्धिका लागि कृषि, ऊर्जा र सूचना प्रविधिको क्षेत्रलाई प्राथमिकता दिएको पनि बताएकी छिन् । उत्पादन वृद्धिमा जोड दिएर सरकारले बजेट ल्याएको दाबी गर्दै उनले उत्पादन वृद्धि हुनेगरि सहायता रकम परिचालन गर्न पनि सामाजिक संघ, संस्थालाई निर्देशन दिएकी छिन् ।
साथै, समाज कल्याण परिषदले राष्ट्र र जनताको हित प्रतिकूल हुने खालका कुनैपनि वैदेशिक सहायता लिन नहुने पनि मन्त्री शर्माले स्पष्ट पारेकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्