×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्सको २३ लाख रुपैयाँ लुट्ने कर्मचारीद्वारा प्रहरीसमक्ष आत्मसमर्पण !

GLOBAL IME BANK

समृद्धि फाइनान्सको २३ लाख रुपैयाँ लुट्ने कर्मचारीद्वारा प्रहरीसमक्ष आत्मसमर्पण !

२ असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गत शनिबार अनाधिकृत रुपमा समृद्धि फाइनान्सको कसहा शाखाको भल्ट खोली २३ लाख रुपैयाँ लिएर भागेका तत्कालीन शाखा प्रबन्धकले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । उनले प्रहरी कार्यालयमा हाजिर भएर आत्मसमर्पण गरेका हुन् । इलाका प्रहरी कार्यालयका अधिकारीले घटनाको पुष्टी गरेका छन् ।
सुरुमा फाइनान्स व्यवस्थापनको सम्पर्कमा आएका उनी पछि प्रहरी समक्ष पुगेका हुन् ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
उच्च व्यवस्थापनका केहि अधिकारीसँग सल्लाहमै सबै काम भएको भान हुनेगरी उनले प्रहरीसमक्ष आत्मसम्पर्ण गरेपछि प्रहरीले यो कोणबाट पनि अनुसन्धान गरिरहेको छ ।
प्रहरी समक्ष ती कर्मचारीले आफुले रकम लगेको स्वीकार गरेका छन् ।
फाइनान्सले पनि ती कर्मचारीलाई कारवाहीको सट्टा जागिर छोडेर आफुलाई जोगाउन भनेको फाइनान्स स्रोतको दाबी छ । ‘घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाले थप भन्न मिलेन । तर घटना लुट्ने व्यक्ति एकको सोचले भएको जस्तो देखिएको छैन । फाइनान्सका हाकिम दोषीलाई कारवाही गर्न जोड दिनुको सट्टा केस मिलाउन लागेको देख्दा सबैलाई अचम्म लागेको छ ।’ कम्पनीका अर्का एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने ।
यस विषयमा  बुझ्न खोज्दा कम्पनीका सुचना अधिकारी बिनोदराज पौडेलले पटकपटक फोन नउठाउनुले पनि घटना झन् शंकास्पद बनेको छ । अर्थ सरोकारको सम्पर्कमा आएका एक अधिकारीले दिएको जानकारी अनुसार पौडेललाई घटनाबारे कसैलाई पनि केहि राय नदिन र अर्थ सरोकारले यसको फलोअप गरिरहेकाले अर्थ सरोकारको फोन नउठाउन उनका हाकिमले उर्दी जारी गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: