×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसदमा बजेटको मन्त्रालयगत छलफल सुरु, असार ७ गतेसम्म सांसदले छुट्टी नपाउने, ७ गतेपछि पाँच दिन छुट्टी ! 

GLOBAL IME BANK

संसदमा बजेटको मन्त्रालयगत छलफल सुरु, असार ७ गतेसम्म सांसदले छुट्टी नपाउने, ७ गतेपछि पाँच दिन छुट्टी ! 

२९ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रतिनिधि सभामा आज (मंगरबार)देखि बजेटको मन्त्रालयगत छलफल सुरु भएको छ । संसद सचिवालयले तयार गरेको क्यालेन्डरअनुसार जेठ २९ (मंगलबार)देखि असार ७ गते (शुक्रबार)सम्म हरेक दिन संसदमा बजेटका बारेमा छलफल हुनेछ । 

योसँगै बजेटको मन्त्रालयगत छलफलका क्रममा सांसदहरुले छुट्टी नपाउने भएका छन् । 

असार ७ गते बजेट पारित भएपछि सांसदहरुले पाँच दिन छुट्टी पाउनेछन् । असार ७ गतेपछि प्रतिनिधिसभाको अर्को बैठक असार ११ गते बस्ने कार्यतालिका सार्वजनिक भएको छ । 

कुन दिन कुन मन्त्रालयको बजेटबारे हुँदैछ छलफल ? 
आज प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल हुनेछ । बुधबार सहरी विकास, रक्षा, महिला, बालकालिका तथा ज्येष्ठ नागरिक र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको बजेटमाथि छलफल हुनेछ भने बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण र जनस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ । 

त्यस्तै, जेठ ३२ गते वन तथा वातावरण, खानेपानी, सञ्चार तथा सूचना प्रविधि र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेटमाथि, असार २ गते संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको बजेटमाथि, असार ४ गते गृह, परराष्ट्र, भौतिक पू्र्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयसँग सम्बन्धित बजेटमाथि छलफल हुनेछ । 

त्यस्तै, असार ५ गतेदेखि छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् भने असार ७ गते बजेट पारित गर्ने कार्यतालिका रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: