×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्री नै ‘हराएपछि’ संसद बैठक स्थगित !  

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अर्थमन्त्री नै ‘हराएपछि’ संसद बैठक स्थगित !  

Artha Sarokar

२२ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री खोजेपछि बैठक नै स्थगित भएको छ । मंगलबार आफ्ना कुरा राख्ने क्रममा लिङदेनले बैठकमा अर्थमन्त्री उपस्थित हुनुपर्ने अडान राखेपछि बैठक स्थगित भएको हो ।

आर्थिक वर्ष २०८१ ८२ को बजेटमाथिको छलफलका क्रममा अर्थमन्त्री वर्षमान पुनलाई नदेखेपछि लिङदेनले संसदमा अर्थमन्त्रीको खोजी गरेका थिए । 

उपसभामुख इन्दिरा रानाले अर्थमन्त्री राष्ट्रिय सभाको बैठकमा गएको जानकारी गराए पनि लिङदेनले अर्थमन्त्री नआउन्जेलसम्म आफ्ना कुरा नराख्ने अडान लिएका थिए । सोही क्रममा एमालेका सांसद दयालबहादुर शाहीले लिङदेनको अडानप्रति नियमापत्ति जनाएका थिए । 

तर, एमाले सांसदको नियमापत्तिसँगै राप्रपा सांसदहरुले संसदमा विरोध गरेपछि सभामुख देवराज घिमिरेले राप्रपा अध्यक्ष लिङदेनलाई आफ्नो सिटमा जान आग्रह गर्दै संसद बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी