काठमाडौं। साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ३.२१ अंकले बढेर २०६६.१६ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २२ कम्पनीको एक करोड ७ लाख ७ हजार ८ सय ७८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ७ करोडमाथिको सेयर कारोबार भएको छ ।
सोमबार सबैभन्दा बढी कारोबार मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको २४ करोड ३२ लाख १८ हजार ४ सय ९५ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।
आजको सेयर बजारमा सबैभन्दा बढी नाफा नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्