काठमाडौं। सिद्धार्थ हस्पिटालिटीले नेपाल र नेदरल्यान्ड बिचको क्रिकेट खेलमा सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीको नाम सही अनुमान गर्ने दुई भाग्यशालीलाई एक रातको लागि नि: शुल्क रुम तथा ब्रेकफास्ट प्रदान गर्ने घोषणा गरेको छ। पछिल्लो समय नेपालमा बढ्दै गएको क्रिकेटको क्रेज र नेपाली टोलीले विश्वकप खेल्न लागेको खुसियालीमा यो घोषणा गरिएको बिजनेस डेभलपमेन्ट डाइरेक्टरले बताए ।
यस विशेष अफरले नेपाली क्रिकेटप्रेमीलाई खेलसँग अझ नजिक ल्याउने र खेलाडीहरूलाई पनि उत्साहित गर्ने लक्ष्य राखेको छ। यो अफरमा भाग लिन चाहनेहरूले खेल सुरु हुनु अगाडि आफ्नो अनुमान सिद्धार्थ हस्पिटालिटीको फेसबुक पेज तथा अन्य सोसल मिडिया पेज मार्फत पठाउन सक्नेछन् । सही अनुमान गर्ने दुई जना भाग्यशालीलाई सिद्धार्थ हस्पिटालिटीको आउटलेटमा एक रातको लागि निःशुल्क रुम तथा ब्रेकफास्टको सुविधा प्रदान गरिनेछ।
सिद्धार्थ हस्पिटालिटीले आफ्ना सबै शाखाहरूमा नेपाल सहभागी हुने सबै खेलहरूमा यस्तै प्रकारको अफर राखेको र अन्य देशहरूको खेलमा समेत विभिन्न उपहारको घोषणा गरेको छ। यस अभियानको मुख्य उद्देश्य नयाँ खेलाडीहरूलाई प्रोत्साहन प्रदान गर्नुका साथै खेलप्रेमीहरूलाई मनोरञ्जन प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ।
सिद्धार्थ हस्पिटालिटीले यसअघि पनि विभिन्न खेलकुद गतिविधिहरूलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरू गर्दै आएको छ र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू गर्दै जाने योजना रहेको जानकारी दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्