×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थतन्त्र सुध्रिएसँगै श्रीलंकाको सेयर बजार अल टाइम हाई बिन्दु नजिक, बजारले छिट्टै नयाँ रेकर्ड बनाउने अपेक्षा !

GLOBAL IME BANK
SHREE KESH

अर्थतन्त्र सुध्रिएसँगै श्रीलंकाको सेयर बजार अल टाइम हाई बिन्दु नजिक, बजारले छिट्टै नयाँ रेकर्ड बनाउने अपेक्षा !

१० असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अर्थतन्त्रमा क्रमिक सुधार आएसँगै श्रीलंकाको सेयर बजार उकालो गतिमा देखिएको छ । उकालो गतीमा रहेको श्रीलंकाको कोलम्बो स्टक एक्सचेञ्जको प्रमुख सूचक ‘एएसपीआइ’ अल टाइम हाईको बिन्दु नजिक पुगेको छ । 

यसो त श्रीलंकाको अर्थतन्त्र संकटमै परेपछि ओरालो लाग्न सुरु गरेको सेयर बजार सन् २०२२ मा ७ हजार २ सय बिन्दुसम्म झरेको थियो । 

तर, हाल एएसपीआइ १२ हजार २४९ बिन्दुमा पुगेको छ । जुन श्रीलंकाको सेयर बजारको अल टाइम हाई १३ हजार बिन्दु नजिक हो । त्यस्तै, श्रीलंकाकै एसएन्डपी एसएल २० स्टाटिस्टिक इन्डेक्स पनि बढेर ३ हजार ६१० बिन्दुमा पुगेको छ । 

श्रीलंकाको सेयर बजारमा देखिएको यो उछालको कारण सङ्कटमा पुगेको अर्थतन्त्रमा देखिएको सुधार नै रहेको जानकारहरु बताउँछन् । यही गतिमा बजार बढ्ने हो भने श्रीलंकाको सेयर बजारले छिट्टै नयाँ रेकर्ड बनाउने जानकारहरुले बताएका छन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: