Skip to content
LAXMI SUNRISE BANK

स्टान्डर्ड चार्टर्ड बैंकबाट खल्तीमा सजिलै पैसा लोड गर्न सकिने

अर्थ सरोकार

काठमाडौँ । स्टान्डर्ड चार्टर्ड बैंकबाट खल्तीमा सजिलै पैसा लोड गर्न सकिने भएको छ । नेपालको अग्रणी डिजिटल वालेट खल्ती र स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडबीच भएको सम्झौता अनुसार अब स्टान्डर्ड चार्टर्ड बैंकका सम्पूर्ण ग्राहकहरूले खल्ती वालेटमा सहजै पैसा लोड गरी विभिन्न सेवाहरूको उपभोग गर्न सक्ने भएका छन् ।

सो सम्झौता अनुसार ग्राहकहरूले स्टान्डर्ड चार्टर्ड बैंकको एप ‘एस् सी मोबाइल नेपाल’ प्रयोग गरी सिधै खल्ती वालेटमा पैसा लोड गर्न सक्नेछन् ।

बैंकले बिना झन्झट खल्ती लोडगरी आफूलाई आवश्यक पर्ने सेवा खल्ती मार्फत सजिलै लिन सकिने जनाएको छ । ग्राहकहरूले खल्ती प्रयोग गरी सहजै मुभी, इभेन्ट लगायतका टिकट खरिद, बिल भुक्तानी, प्लेसेस र अरू थुप्रै सेवा सुविधाहरूको लाभ लिन सक्नेछन् ।

स्टान्डर्ड चार्टर्ड बैंकको एप ‘एस् सी मोबाइल नेपाल’ प्रयोग गरी निम्न तरिकाले खल्ती लोड गर्न सकिन्छ: 

१. बैंकिङ एप भित्र जानुहोस्

२. माथिल्लो भागको बायाँ कुनामा रहेको तिन धर्कामा ट्याप गर्नुहोस्

३. ‘बिल पेमेन्ट’ मा छनोट गर्नुहोस्

४. ‘लोड वालेट’ भित्र ‘लोड खल्ती’ छनोट गर्नुहोस्

५. विवरण भर्नुहोस्

६. बैंकको साइन इन गर्नुहोस्

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK