Skip to content
LAXMI SUNRISE BANK

१० महिनामा विदेश पढ्न जाने विद्यार्थीसँगै विदेशियो १ खर्ब रुपैयाँ !

अर्थ सरोकार

काठमाडौं। पछिल्लो समय उच्च शिक्षाका लागि विदेश जाने नेपालीको संख्या बढ्दो छ। यसै बेला चालु आर्थिक वर्षको १० महिनामा विदेश पढ्न जाने नेपालीले एक खर्ब बढी रुपैयाँ विदेश लागेका छन्। 

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान तथा आर्थिक स्थिति प्रतिवेदनले १० महिनामा नेपालबाट वैदेशिक अध्ययनमा जाने नेपालीमार्फत १ खर्ब ४ अर्ब २५ करोड रुपैयाँ बाहिरिएको देखिएको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय ७५ करोड १४ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, भ्रमण व्यय ३९.५ प्रतिशतले बढेर १ खर्ब ५६ अर्ब ९५ करोड पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भ्रमण व्यय १ खर्ब १२ अर्ब ५२ करोड रहेको थियो। 

यता, १० महिनामा विदेशी पर्यटकमार्फत ६९ अर्ब ४१ करोड रुपैयाँ आर्जन भएको छ। यो गत आर्थिक वर्षको तुलनामा ३५.१ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५१ अर्ब ३७ करोड रहेको थियो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK