काठमाडौं। कैलालीको सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा नौ करोड ८० लाख ७८ हजार राजश्व संकलन गरेको छ ।
सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षमा १२ करोड एक लाख ४७ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । आर्थिक वर्षकोको १५ दिनमा उक्त लक्ष्यमा पुग्न मुश्कील हुने देखिन्छ । गत वर्षको तुलनामा यस वर्ष राजश्व बढ्ने सत्ती भन्सार कार्यालयका प्रमुख दिनहरि सापकोटाले बताए ।
गत आर्थिक वर्षमा सो भन्सार कार्यालयले १६ करोड ९४ लाख ४१ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । तर सो आवमा सात करोड ५० लाख ४० हजार मात्र राजश्व सङ्कलन भएको प्रमुख सापकोटाले बताए । ‘यस वर्ष हामी लक्ष्य प्राप्तिको नजिक पुगेका छौैँ’, उनले भने ।
सत्ती भन्सार कार्यालयले प्रशासनिक सेवा शुल्कवाफत रु ६४ हजार, बेरुजुबाट रु एक लाख, एकलौटी फार्म तथा व्यक्तिगत आयमा लाग्ने करतर्फ रु ४१ हजार, अन्तःशुल्क आयातमा रु २३ लाख ११ हजार, भन्सार महशुल आयातमा रु पाँच करोड एक लाख, कृषि सुधार शुल्कमा रु एक लाख आठ हजार, भन्सार सम्बन्धी अन्य आयमा रु ६ लाख ३९ हजार, मुल्य अभिवृद्धि कर आयातमा रु चार करोड ४६ लाख ९७ हजार तथा हरित करबाट रु चार हजार राजश्व सङ्कलन भएको प्रमुख सापकोटाले बताए ।
सत्ती भन्सार भएर आयातको तुलनामा निर्यात शून्य रहेको छ । यस बाहेक जिल्लामा धनगढीस्थित त्रिनगर भन्सार कार्यालय रहेको छ । सो भन्सार भएर खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्री तेकुनियाँ भएर आयात गरिँदै आएको छ । खुला सीमाका कारण राजश्व सङ्कलनमा समस्या भएको प्रमुख सापकोटाको भनाइ छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्